देविकाले ल्याइन् ‘नाइँ बाबा नाइँ…’ (भिडियोसहित)
प्रकाशित:
२०७९, १२ श्रावण

काठमाडौं, १२ साउन। गायिका देविका केसीले यसपालिको तीजलाई लक्षित गर्दै ‘नाइँ बाबा नाइँ’ बोलको गीत ल्याएका छन् ।
शिव हमालको शब्द तथा संगीत रहेको यस तीज गीतको भिडियोमा गायिकासमेत रहेकी प्रिति आले फिचरिङ छिन् । यस भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । कोरियोग्राफी पनि स्मृतिले गरेकी छन् ।
यस गीतको भिडियोलाई गायिका केसीले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । अघिल्ला आफ्ना गीतहरु जस्तै ‘नाइँ बाबा नाइँ’ तीज गीतलाई पनि दर्शक तथा श्रोताले रुचाइदिनेमा देविका विश्वस्त र आशावादी छिन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
