फैसला विवादित भएपछि न्यायाधीश भट्टराईको जिम्मेवारी खोसियो
अखबार टुडे
प्रकाशित:
२०७९, २७ असार

काठमाडौं, २७ असार । सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई सोमबारदेखि लागू हुने गरी काजमा तानेको छ ।

न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको हो ।

उनले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए । पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो ।

प्रतिक्रिया