मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ: गभर्नर अधिकारी
प्रकाशित:
२०७९, २७ असार
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा सोमबार गभर्नर अधिकारीले मूल्यवृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नपर्ने बताएका हुन् ।
पछिल्लो समय उद्योगी व्यापारीले ब्याजदर वृद्धि गर्न नहुने भनिरहेको बेला गभर्नर अधिकारीले ब्याजदर वृद्धि गर्नुको विकल्प नै नभएको बताए ।
गभर्नरले भने, ‘कोरोनापछि प्रायः सबै देशमा मूल्य वृद्धि भएको छ । ती देशहरुको मौन्द्रिक उपायहरुमा ब्याजदर वृद्धि नै परेको छ । मूल्य वृद्धि रोक्नका लागि नै मौद्रिक नीति आउने हो । हामी पनि ब्याजदर वृद्धि गर्नै पर्ने अवस्थामा रहेका छौं ।’ १० महिनाको समयमा २.४७ अर्बले विदेशी संचिति घटेको अधिकारीले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना