१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे: घनश्याम भुसाल
अखबार टुडे
प्रकाशित:
२०७९, २७ असार

काठमाडौं, २७ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो नीति लिएको आरोप लगाएका छन् ।

सोमबार भुसालले आफ्नै निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ठूलो गल्ती गरेको बताएका हुन् ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका छन्, ‘२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन ।’

उनले ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया