काठमाडौं, २६ असार (एजेन्सी) । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेन–रुस युद्ध जारी रहेका बेला भारतसहित पाँच देशविरुद्ध कडा कदम चालेका छन् ।
राष्ट्रपति जेलेन्सकीले पाँच देशका राजदूतलाई बर्खास्त गर्दै देश छाड्न आदेश दिएका हुन् । जस्मा युरोपेली मुलुकहरु जर्मनी, हंगेरी, चेक रिपब्लिक र नर्वेका छन् ।
यस्तै, युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन् । जेलेन्सकीले भारतका राजदूतलाई पनि बर्खास्त गरेको हो ।
युक्रेनका राष्ट्रपतिको वेबसाइटमा शनिबार एक आदेश जारी गरेर यो जानकारी दिइएको हो । यद्यपी उनीहरुलाई किन बर्खास्त गरियो भन्ने कुनै कारण खुलाइएको छैन ।
राजदूतहरूलाई पुनः नयाँ पद दिने वा नदिने भन्ने विषयमा आदेशमा केही भनिएको छैन । जेलेन्सकीले ‘यो रोटेशन कूटनीतिक अभ्यासको सामान्य भाग हो’ पनि भनेका छन् ।
रूससँग युद्ध सुरु भएदेखि, जेलेन्स्कीले आफ्ना कूटनीतिज्ञहरूलाई विदेशी सहायता ल्याउन अपील गर्दै आएका छन् । कूटनीतिक समर्थनका साथै भारतलगायत धेरै देशले हतियार र आपूर्ति र रुसलाई दबाब दिन आग्रह गरेका थिए ।
यो सहयोग ल्याउन असफल भएका राजदूतहरुको हकमा यस्तो कदम चालिएको बुझिएको छ । जेलेन्स्कीले कूटनीतिक असफलताका कारण सम्बन्धित देशका राजदूतहरूलाई हटाएको कूटनीतिक विज्ञहरू बताउँछन् ।
भारत र जर्मनीले किन कूटनीतिक सम्बन्ध तोडिरहेका छन् भन्ने विषयमा कुनै स्पष्टीकरण आएको छैन । पछिल्लो समय युक्रेन मामिलामा अमेरिका नेतृत्वको नेटो र युरोपेली मुलुकहरुले हात झिक्दै गएपछि रसियाले एकपछि अर्को भू–भाग कब्जा तीव्र बनाएको छ । रुस–युक्रेन युद्ध चार महिनादेखि जारी छ ।