अर्थमन्त्री शर्माले राजीनामा दिने
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने भएका छन्। आजको संसद बैठकपछि मन्त्री शर्माले राजीनामा दिने भएका हुन्।
स्रातका अनुसार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको हो। अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने सहमति भएको स्रोतको दावी छ ।
बजेट निर्माणको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर भएको सार्वजनिक भएपछि अर्थमन्त्रीमाथि राजीनामाको दबाव बढिहरेको छ।
अनाधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज डिलिट भएको सार्वजनिक भएपनि अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि पनि दबाव बढिरहेका बेला उनले राजीनामा दिने लागेका हुन्।
प्रतिक्रिया
सम्बन्धित समाचार
