ओलीको डेढ घण्टा सम्बोधन: संसदमा के-के भने ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभामा डेढ घण्टा लामो सम्बोधन गरेका छन् ।

सोमबार सम्बोधनका क्रममा उनेल ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध अपराध भएको बताए । विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने भन्दै उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुप¥यो ।’ उनले निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको पनि आरोप लाए ।

अर्थ मन्त्रालयले आइतबार मात्र सीसीटीभी फुटेजको रेकर्ड १३ दिन मात्र रहन्छ भनेकोमा उनले प्रश्न गरे । उनको प्रश्न छ, ‘फुटेज हटाउने को हो ? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न ?’ ।

यो बेथितीलाई स्वीकार गर्न नसकिने भन्दै उनले तत्काल संसदीय छानबिन समिति बनाउन माग गरे । र, त्यसका आधारमा दोषीलाई कारबाही गरेर देशलाई स्थितिमा ल्याउनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

उनले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का सम्बन्धमा कहिले के भयो भन्ने संसदलाई जानकारी दिन समेत प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनले भने, एसपीपीका सम्बन्धमा सत्यतथ्य के हो ? सम्माननीय प्रधानमन्त्रीज्यूले यस गरिमामय सदनलाई दिन दिनांक, कसको हस्ताक्षर ? कसको निर्णय ? कसले सम्प्रेषित ग¥यो ? सबै जानकारी दिनुप¥यो ।’

आफू प्रधानमन्त्री हुँदा कांग्रेसकै सांसदले इनफ इज इनफ भनेर संसदमा भनेको स्मरण गर्दै ओलीले सम्बोधनको अन्त्यमा भने, इनफ एज इनफ त्यो बेला होइन, यो चाहिँ हो । इनफ इज इनफ । इट्स नट टोलरेबल (यो सैह्य छैन) ।’

ओली प्रधानमन्त्री भएको बेला कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको र औषधि खरिदमा अनियमितता भएको भन्दै सडकमा युवाहरुले इनफ इज इनफको नारा लगाएका थिए ।

त्यही नारालाई संसदमा पु¥याउँदै कांग्रेस सांसद राजेन्द्र केसीले जनता भोकै मर्न थालेको र क्यारन्टिन समेत असुरक्षित भएको भन्दै भनेका थिए, ‘इनफ इज इनफ, अब जनता सडकमा आइसके ।’

प्रतिक्रिया