जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ को-को सिफारिस भए ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । जनता समाजवादी पार्टी (जसपा)ले हाल सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ । यसअघि नै जसपाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको थियो ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले नयाँ तीन मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । जसमा इस्तियाक राय, प्रदीप यादव र मृगेन्द्र सिंह रहेका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको बताइएको छ ।

जसपा स्रोतक अनुसार नयाँ मन्त्रीहरुको सपथ मंगलबार हुनेछ । उनका अनुसार आजै पनि सपथ हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया