अमेरिकाको केन्टकीमा अन्धाधुन्ध गोली प्रहार, तीन प्रहरीको मृत्यु
प्रकाशित:
२०७९, १९ असार
काठमाडौं, १९ असार । अमेरिकाको केन्टकी राज्यमा एक व्याक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन प्रहरीको ज्यान गएको छ ।
घरेलु हिंसाको आरोप लागेका ती व्यक्ति विरुद्ध प्रहरीले वारेन्ट जारी गर्ने क्रममा उनले गोली चलाएका हुन् ।बीबीसीका अनुसार गोली प्रहारपछि ४९ वर्षीय अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वी केन्टकीको पहाडी भागको सानो शहर एलेनमा घटनास्थलमा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
पक्राउ परेका व्यक्ति मानसिक रूपमा स्वस्थ रहेको र उनले के उद्देश्यले गोली प्रहार गरे भन्ने केही खुलेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना