काठमाडौंको केएमसी स्कुलमा एक महिला कर्मचारी मृत फेला
प्रकाशित:
२०७९, १९ असार
काठमाडौं, १९ असार । काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।
२१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेल छेउमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनलाई शनिबार बेलुका झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।
प्रतिक्रिया