त्रियुगाको बाँध भत्कियो, खेतमा पस्यो बाढी
प्रकाशित:
२०७९, १८ असार

उदयपुर, १८ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउँतर्फ लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर खेतमा बाढी पसेको छ ।
उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा समेत नदी वारपार गर्ने कुनै विकल्प नहुँदा स्थानीय ज्यान जोखिममा राखेर नदी तर्न बाध्य भएका छन् ।
पुल नहुँदा चौदण्डीगढी–५ स्थित सिवाई–बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए । उनका अनुसार बाँध भत्किएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ । धानबाली लगाउने समयमा खेतमा बाढी पसेपछि स्थानीय चिन्तित छन् । वर्षाको सुरुमै बाँध भत्किँदा वरपरका बासिन्दा त्रासमा परेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
