कांग्रेस उपसभापति गुरुङ गाडी दुर्घटनाबाट जोगिए
प्रकाशित:
२०७९, १६ असार

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।
रामेछापको गोगनेमा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
