उपत्यकामा १४ जनामा हैजा पुष्टि, पानी उमालेर मात्र खान स्वास्थ्य मन्त्रालयको आग्रह
प्रकाशित:
२०७९, १५ असार
काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । १३ दिनको बीचमा १४ जनामा हैजा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् । उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ ।
हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया