५३३ जनाको नक्कली लाइसेन्स बनाउने १७ जनाविरुद्ध मुद्दा दायर
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार

काठमाडौं, ७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुईजना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ ।

यातायातका कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटरहरु (करार सेवा) प्रकाश कार्की, रेजु भट्टराई, रोसन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको हो । यस्तै हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यउपर पनि मुद्दा दायर भएको छ । उनीहरु बिचौलिया रहेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया