घण्टाघरमा ‘सेभ त्रिचन्द्र’
प्रकाशित:
२०७९, ७ असार

काठमाडौं, ७ असार । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले घन्टाघरमा ‘सेभ त्रिचन्द्र’ लेखेको ब्यानर राखेको छ ।
त्रिचन्द्र क्याम्पसका भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण नभएको भन्दै नेविसंघले सरोकारवालाको ध्यानाकर्षण गर्न मंगबार यस्तो ब्यानर राखेको हो ।
नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गर्दै आएको छ । नेविसंघ त्रिचन्द्रका नेता गोविन्द कोइरालाले त्रिचन्द्र कलेजका भवन पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम गरेर दबाब दिएको बताए ।
पुर्ननिर्माणको माग गर्दै विभिन्न दवावमूलक कार्यक्रम गरेपनि सरकारले वास्ता नगरेपछि व्यानर नै लेखेर टाँगेको उनको भनाइ छ । २०७२ सालको भूकम्पका कारण त्रिचन्द्र कलेजको भवन जीर्ण बनेको हो । जीर्ण भवन सरकारले पुर्ननिर्माण गर्ने कुनै चासो नदिएपछि विद्यार्थी जीर्ण भवनमै अध्ययन गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
