एसपीपीलगायतका विषयमा जवाफ दिन बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित
प्रकाशित:
२०७९, ५ असार
काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनुपस्थित भएका छन् ।
अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाइएको थियो ।
तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताइन् ।
समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाण जाने सम्भावना छ । यसअघि समिति बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्माले जवाफ दिएका थिए ।
प्रतिक्रिया