प्रलोभन देखाएर ३५ लाख लुट्ने हवल्दारसहित दुई सार्वजनिक
प्रकाशित:
२०७९, २३ जेष्ठ
काठमाडौं, २३ जेठ । सस्तोमा सुन बिक्रि गर्ने प्रलोभन देखाएर काठमाडौंमा ३५ लाख लुट्ने प्रहरी हवल्दारसहित दुई जनालाई सार्वजनिक गरिएको छ ।
पोखराका एक व्यापारीको ३५ लाख लुट्ने हवल्दार शालिकराम नेपाली र पेम्बा तामाङलाई पक्राउ गरी काठमाडौं प्रहरीले आज सार्वजनिक गरेको हो ।
गत ८ जेठमा उनीहरुले एक किलो सुन किन्न बोलाएर लैनचौरस्थित ब्याडमिन्टन कोर्टछेउको एक खाजाघरबाट ३५ लाख लुटेर भागेका थिए । पक्राउ परेका हवल्दार मालिगाउँ वृत्तमा कार्यरत थिए ।
सो घटनामा संलग्न अर्का एक जवान भने फरार छन् । घटनामा फरार रहेका अन्यको खोजी जारी रहेको काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
प्रतिक्रिया