फर्पिङको जंगलमा दुई युवा–युवती मृत भेटिए
प्रकाशित:
२०७९, २३ जेष्ठ

काठमाडौं, २३ जेठ । फर्पिङको जंगलमा दुई जना युवा युवती मृत भेटिएका छन् ।
दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा २०/२२ वर्षका युवा–युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
उनीहरूको पहिचान हुन सकेको छैन भने शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ । एसएसपी कुँवरका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
