संसदीय निर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारी
प्रकाशित:
२०७९, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । सत्ता गठबन्धन संसदीय निर्वाचनको अनौपचारिक छलफलमा जुटेका छन् ।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी छलफल अघि बढाएको हो ।
बैठकमा आगामी कात्तिक २७ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्नु उपयुक्त हुने विषयमा छलफल भएको थियो । तर, यो छलफलले औपचारिकता पाएको छैन ।
२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । यद्यपि निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
