अन्तर्घातको आरोपमा एमालेका तीन नेतामाथि कारबाही
अखबार टुडे
प्रकाशित:
२०७९, १८ जेष्ठ

काठमाडौ, १८ जेठ । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन नेतालाई एमालेले कारबाही गरेको छ ।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवारलाई जिताउन सघाएको आरोपमा एमालेको कास्की कमिटीले बुधबार तीन जनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा वडा नम्बर ३३ कमिटीका उपाध्यक्ष महेश अर्याल, वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी र पोखरा ३३ का प्रशान्त आचार्य छन् । उनीहरुलाई संगठित सदस्यबाट निलम्बन गरिएको एमाले जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बताए ।

पोखराको मेयरमा एमालेका उम्मेदवार कृष्ण थापालाई हराउँदै एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका थिए । एमालेकै भोटले आचार्य निर्वाचित भएको विश्लेषण गरिएको छ । चुनावमा अन्तर्घात भएको पुष्टि हुने अडियो समेत चुनावपछि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया