देउवालाई ओलीको आग्रह- प्रधानमन्त्रीजी ईपीजीबारे बुझ्नुस्, भारतले बुझ्दिन भनेर हुन्न
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)ले बनाएको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले उक्त प्रतिवेदन नेपाल वा भारत जुन देशको प्रधानमन्त्रीले पहिले बुझेपनि हुने बताए ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुप्यो । प्रधानन्त्रीजीले बुझ्नु्स् । दुबै तर्फको प्रतिवेदनको सहमतिको प्रतिवेदन हो त्यो । निजी ढंगले कसैले अध्ययन गरेका विषय होइन । भारतले बुझ्दैन भनेर हुन्न ।’

ओलीले नेपाल र भारतका दुई प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गरेको इपिजी समूहले दुईपक्षीय सहमतिमा बनाएर दुई वर्षभन्दा बढी काम गरेर बनाएको रिपोर्ट नबुझिएको भन्दै भने– ‘के भनियो भने भारतले बुझेन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुप¥यो नि ? नेपालले किन बुझ्दैन ? प्रधानमन्त्रीज्यू ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।’

नेपाल–भारतबीचका विभिन्न समस्या समाधानका लागि दुई देशको प्रधानमन्त्रीस्तरको सहमतिमा बनेको प्रवुद्ध व्यक्ति समूहले दुई वर्ष भन्दा बढी काम गरेर प्रतिवेदन तयार पारेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया