काठमाडौंको गुहेश्वरी खोलामा एक पुरुषको शव फेला
प्रकाशित:
२०७९, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव भेटिएको छ । खोलामा घोप्टो परेको अवस्थामा बिहीबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेर प्रहरी अनुसन्धान सुुरु गरेको छ । तर, शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुलेको छैन ।
करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
