कान्समा धपक्कै सुरक्षा पन्त
प्रकाशित:
२०७९, ६ जेष्ठ
काठमाडौं, ६ जेठ । नेपाली फिल्मकी अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा धपक्कै बलिन् । कान्समा सहभागी हुन फ्रान्स पुगेकी सुरक्षा बुधबार कार्पेटमा वाक गरिन् । आर्कषक रेड गाउनमा उनी हलिउड अभिनेत्रीभन्दा कम थिइनन् । कान्सको रेड कार्पेटमा पोज दिइरहँदा उनी मुस्कुराइरहिन्, जसले उनको आर्कषक बढाएको थियो ।
आफू अभिनित फ्रेन्च चलचित्र ‘द एट माउनटेन्स’ प्रिमियरका लागि सुरक्षा फ्रान्स पुगेकी हुन् । ‘द एट माउन्टेन्स’ मा उनको सानो भूमिका रहेको बताइएको छ ।
कान्स फेस्टिभलको रेड कार्पेटमा वाक गर्ने सुरक्षा पहिलो नेपाली अभिनेत्री बनेकी छन् । कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
इलाममा ओलीले भने- केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ
इलाम-२ मा एमालेका सुहाङ विजयी, १६ उम्मेदवारको जमानत जफत
चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि टेस्लाका सीईओ मस्क प्रस्थान
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी