१,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दावी
अखबार टुडे
प्रकाशित:
२०७९, ५ जेष्ठ

काठमाडौं, ५ जेठ (एजेन्सी) । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ ।

‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्,’ मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ ।

मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया