काठमाडौंमा झण्डै दोब्बरले बालेनको अग्रता, सुनितालाई लोकप्रिय मत
प्रकाशित:
२०७९, १ जेष्ठ
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरका उम्मेदवार बालेन साहले फराकिलो अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले आफ्नो प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अग्रता लिएका हुन् ।
बालेनले ४४०४ ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत ल्याएका छन् । यो मत बालेनको भन्दा २१०० मत कमी हो । यस्तै, गठबन्धनबाट मेयरका उम्मेदवार रहेका नेपाली कांग्रेसका सिर्जना सिंहले २०७० मत प्राप्त गरेका छन् ।
उपमेयरतर्फ एमालेका उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाइरहेका छन् । उनले यो समाचार तयार पारिरहँदासम्म ३५९१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १०२७ मत पाएका छन् भने राप्रपाबाट उपमेयरको उम्मेदवार रहेका विनिता मगैयाले ७६२ मत ल्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना