जब रौतहटमा मतपेटिका लुटियो…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

रौतहट, ३० बैशाख । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका–१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । पतपेटिका नै लुटिएपछि हंगामा भएको छ ।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन् ।
यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिए ।

प्रतिक्रिया