स्थानीय तह निर्वाचन : विभिन्न जिल्लामा झडप, काठमाडौं उपत्यका शान्तिपूर्ण मतदान
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

काठमाडौं, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । विभिन्न जिल्लामा विवादका कारण झडपसम्माका अवस्था सिर्जना भएपनि काठमाडौं उपत्यकामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

काठमाडौंका ३२०, ललितपुरका २८८ र भक्तपुरका २१९ मतदान स्थालनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार मध्याह्न १२ बजेसम्म औसतमा ३५ प्रतिशत मतदान भएको छ । भक्तपुरमा भने ५० प्रतिशत मतदान भइसकेको छ । उपत्यकामा बिहान ७ बजेदेखि नै मतदान सुरू भएको थियो ।

बिहानदेखि नै उत्साह पूर्णरुपमा मतदान भइरहेको निर्वाचन अधिकारी भट्टराईले बताए । काठमाडौंमा ११, ललितपुरमा ६ र भक्तपुरमा ४ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया