अध्यक्ष नेपालले भने- ‘निर्वाचन प्रभावित पार्न पैसाको खेलो रोक्न आयोग असफल’
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

रौतहट, ३० बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।

मतदानपछि नेता नेपालले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया