कपिलवस्तु महाराजगन्जको निर्वाचन सर्यो
प्रकाशित:
२०७९, २८ बैशाख
कविलवस्तु, २८ बैशाख । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गते हुनेको छ । सो नगरपालिकामा नेपाली कांग्रेसबाट उममेयरमा उम्मेदवारी दिएकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ मा सारिएको हो ।
बुधबार निर्वाचन कार्यालयले ३ जेठमा निर्वाचन गर्नेगरी कार्यतालिका प्रकाशित गरेको छ । सोहीअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।
उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली कांग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।
निर्वाचन अधिकृत कुवेर पाण्डेयका अनुसार नगरपालिकाभरी नै ३ गते मतदान हुने भएको हो । सोहीअनुसार नगरपालिकामा मौनअवधि ३१ वैशाखको रातिबाट लागु हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार