ओलीलाई गगन थापाको जवाफ, ‘अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु’
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै थापाले केपी ओली सन्केको बेला पागल भन्ने गरेको टिप्पणी गरे ।

घोषणा पत्रमा सत्य तथ्य कुरा लेखेको बताउदै उनले भने, ‘केपी ओलीलाई कोही आँट भएको मान्छेले तपाईँ झुट बोल्दै हुनुहुन्छ भन्यो भने, सनक्क सन्केर पागल भन्नुहुन्छ । पहिले सुशीला कार्की, गोविन्द केसीलाई पनि पागल भन्नुभएको थियो ।’

उनले फुर्सद भएको बेला बलाकोटमै पुगेर ओलीको ट्युसन लिने बताए । ‘उहाँले मलाई चो¥यो चो¥यो भन्नुहुन्छ । हिजो पनि चो¥यो भन्नुभयो । अहिले चुनावको बेला छ । उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन । उहाँ अध्यक्ष, म महामन्त्री । अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु,’ उनले भने, ‘ट्युसन पढाउनैपर्ने भाछ । मेरो समृद्धको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस् । तपाईँको आइडिया तपाइसँगै राख्नुस । न मलाई चोर्नुछ, न कांग्रेसको साथीलाई चोर्नुछ । समृद्धि तपाईँकै आइडिया हो ।’

उनले थप भने, ‘उहाँ (केपी ओली)को झुटलाई ठीक हो भन्ने कुरा भएन । बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ । मैले केपी ओलीले मुख छाड्ने कुरा नयाँ भएन भने । जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।’

प्रतिक्रिया