कांग्रेसको चुनावी घोषणापत्र: आफन्तलाई नियुक्ति नदिनेदेखि सरकारी सम्पत्तिको दुरुपयोग नगर्नेसम्म (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय तह निर्वाचन २०७९ को लागि नेपाली कांग्रेसको संकल्प सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा कांग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ । सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ ।

कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ । नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने समेत कांग्रेसको प्रतिवद्धता छ ।

निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन गनेृ, महिला हिंसा, जातीय विभेदलाई प्रत्साहन नगर्ने पनि कांग्रेसको संकल्प छ ।

प्रतिक्रिया