अध्यक्ष नेपालको आग्रह, ‘एमालेको भविष्य छैन, एकीकृत समाजवादीमा आउनुस्’
अखबार टुडे
प्रकाशित:
२०७९, १० बैशाख

काठमाडौं, १० बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर एकीकृत समाजवादीमा आउन आग्रह गरेका छन् ।

शनिबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । कार्यक्रममा पिताम्बर तिम्सिनालगायतका एमाले कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह रहेको दावी गरे ।

‘नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनका मूल प्रवाह हो, एमाले बनाउने ५ जनामध्येका ३ जना हामी एकै ठाउँमा छौं’ अध्यक्ष नेपालले भने, ‘त्यो एमाले भन्ने केपी ओली गुटको भविष्य छैन । अझैपनि पैसा र शक्तिको मात छ ।’

पिताम्बर नेकपा एकीकृत समाजवादीसमा प्रवेश गरेपछि ओलीको कुर्सीको एउटा खुट्टा भाँचिएको बताउँदै अर्को खुट्टा पनि बलियो नरहेको र किसान श्रेष्ठ प्रेम आलेहरुले छाडेपछि धर्ममराइसकेको टिप्पणी गरे ।

प्रतिक्रिया