जीतपुरमा एमालेका दुई पक्षबीच झडप हुँदा वडा अध्यक्षसहित ६ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ७ बैशाख

वीरगञ्ज, ७ वैशाख । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप हुँदा भएको छ ।
वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारीबीच झडप भएको हो ।

झडपमा परी वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका वडा अध्यक्ष देवान, नासिर र नाजिर देवानको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया