ललितपुर महानगरको प्रमुख कांग्रेसलाई दिन पाँच दलीय गठबन्धनमा सहमति
अखबार टुडे
प्रकाशित:
२०७९, ४ बैशाख

काठमाडौं, ४ बैशाख । पाँच दलीय गठबन्धनमा ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका र बागमती गाउँपालिका प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिन सत्तारुढ दलबीच सहमति भएको छ ।

महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी रहेको कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले बताए । ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ’, उनले भने ।

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको हो । शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले बताए ।

आन्तरिक तयारी गरिरहेको र परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्ने पनि उनले बताए । महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भने भएको छैन ।

प्रतिक्रिया