कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई २ लाख ७५ हजार पुरस्कार दिने
प्रकाशित:
२०७९, २ बैशाख

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो ।
उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
