नेपाल र जिम्बाब्वे ‘ए’ बीच हुने तीन एकदिवसीय र टी-२० शृङ्खलाको तालिका सार्वजनिक
प्रकाशित:
२०७९, २ बैशाख

काठमाण्डौं, २ बैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार घरेलु मैदानमा नेपाल र जिम्बाब्वे ‘ए’ बीच हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाको तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार नेपाल र जिम्बाब्वे ‘ए’ बीच पहिलो एकदिवसीय क्रिकेट आउँदै वैशाख १७ गते शनिवार हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ ।
नेपाल र जिम्बाब्वे ’ए’ बीच पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० क्रिकेट वैशाख २४ गते र तेस्रो टी–२० क्रिकेट वैशाख २६ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
