अब उपत्यकामा यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २६ चैत्र

काठमाडौं, २६ चैत । बागमती प्रदेश सरकारले आगामी वैशाख १ देखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ भाडा बढेको छ । २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको हो ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । अब उपत्यकाभर यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया