अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने, चुनाव चिह्न किताब हुने
प्रकाशित:
२०७८, २३ चैत्र
काठमाडौं, २३ चैत । अभिनेता भुवन केसी आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
केसी उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरको मेयर पदमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको हो ।
मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको पार्टीले जनाएको छ । केसीको चुनाव चिह्न किताब हुनेछ ।
प्रतिक्रिया