यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र

काठमाडौं, १८ चैत । सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रधानमन्त्रीको भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने बताए ।

बैठकले अरुण ३ जलबिद्युत परियोजनाको पहूँच मार्ग अन्तर्गत छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा बितरण गर्ने निर्णय गरेको छ भने विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थीत गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री कार्कीका अनुसार बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रवन्धक पदमा लाल बहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया