एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने
प्रकाशित:
२०७८, २४ फाल्गुन
काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ ।
साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको हो ।
सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ ।
सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको बैंकले जनाएको छ । सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार