कोन्ज्योसोम घटना: आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान
अखबार टुडे
प्रकाशित:
२०७८, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।

टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर उनीहरुको मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।

महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, नौ वर्षीय आशिष, सात वर्षीया आस्मा र दुई दिनको शिशुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चार जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया