युक्रेनमा फसेका नेपालीलाई उद्धार गर्नुपर्ने भए सम्पर्क गर्न श्रम मन्त्रालयको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिई वा नलिई रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेका व्यक्तिलाई सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो ।

त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले आग्रह गरेकको छ । कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार युक्रेनमा रहेका नेपालीलाई सम्भव भए सिधा कल सेन्टरमा र नसके आफन्तमार्फत भए पनि आफ्नो सम्पूर्ण अवस्था जानकारी गराउन आग्रह गरिएको हो ।

नेपाल सरकारसँग युक्रेनमा कति नेपाली छन् भन्ने यकिन विवरण छैन । वैदेशिक रोजगारीका लागि युुक्रेनमा श्रम स्वीकृति लिएर जानेको संख्या भने २३७ रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया