चेक बाउन्स मुद्दामा ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

संजय अधिकारी र टंक शम्शेर जबराको चेक पैसा नभएको चेक दिएको भनेर उजुरी गरेका थिए । अधिकारीलाई ५० लाख र जबराको १ करोड ५० लाखको पैसा नभएको चेक दिएका करण अग्रवाल पक्राउ परेका हुन् ।

काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको जानकारी दिए ।

उनले आफ्नो ऋणभन्दा धितो राखेको सम्पति धेरै भएकाले ऋण तिर्न केही समस्या नभएको बताउँदै आएका थिए । अग्रवालको परिवार नै केही समय अघि भारत गएका थियो ।

उनकी बहिनी रजनी अग्रवालले आफ्नो दाजु लगायत परिवार नै हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन् । हराएको करिब १ महिना पनि अमित अग्रवालले काठमाडौं आएर पत्रकार सम्मेलन गरेर सबैको पैसा तिर्ने बताएका थिए ।
कोरोनाको कारणले आफ्नो व्यापार समस्या परेर समस्या परेको बताएका थिए । पैसा दिनुपर्ने व्यक्तिहरुले फोनमा धम्काउने गरेकाले आफ्नो परिवालाई मानसिक समस्या परेकाले भारत उपचार गर्न गएको अग्रवालले बताएका थिए ।

अग्रवालले ४ वटा बैंक, केही वित्तीय संस्था तथा केही व्यक्तिसँग समेत पैसा लिएर आफ्नो व्यापार गर्दै आएका थिए ।
ब्युरो स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ । त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ ।

एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ ।

मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ ।

ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ । त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए ।

प्रतिक्रिया