संसदमा आज एमसीसी टेबल होला ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ फाल्गुन

काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले अहिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आज संसदमा एमसीसी टेबुल गर्ने जनाएको छ । तर, सत्ता गठबन्धनमा एमसीसीबारे अझै सहमति जुट्न सकेको छैन । सहमतिको प्रयासरुवरुप अहिले गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक लामो समयदेखि औपचारिकतामा सिमित हुँदै आएको छ ।

प्रतिक्रिया