एमसीसी पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७८, २७ माघ

काठमाडौं,२७ माघ । नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने जनाएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई सदनमा छलफल गराएर पारित गर्नुपर्ने जनाएको हो ।

कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महत्तले एमसीसीलाई धेरै नलम्ब्याई संसदबाटै टुंग्याउनुपर्ने पनि बताए । एमसीसीलाई सदनमा प्रवेश गराएर छलफल गरिए अहिले जनतामा भ्रम र अन्यौल कम हुने उनले बताए ।

बैठकमा स्थानीय निकायको निर्वाचनमा कांग्रेसलाई शसक्त ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बिषय र भातृ तथा शुभेच्छुकको अधिवेशनका बिषयपनि छलफल भएको उनले बताए ।

प्रवक्ता महत्तले गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्ने बेला नभएको जिकिर गरे । उनले १६ जिल्लाको अधिवेशन छिटै गर्ने तयारी भएको जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया