थप ३ हजार ५४० जनामा कोरोना पुष्टि हुँदा ३२ को मृत्यु
प्रकाशित:
२०७८, १६ माघ
काठमाडौं, १६ माघ । देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । भने ३२ जनाको संक्रमणका कारण मृत्यु भएका छन् । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार