काठमाडौं, १५ माघ । विमल घर्ती मगरको एक मात्र निर्णायक गोलमा अफ्रिकी राष्ट्र मोरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजय भएको छ ।
शनिबार दशरथ रंगशालामा खेलको दोस्रो हाफको ५४ मिनेटमा बिमल घर्तीले गोल गरेका हुन् । साथै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ। पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहेका नेपालका लागि विमलको यो नवौँ गोल हो ।
उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाएका छन् । पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो हाफमा थप दुई गोल गर्ने अवसर गुमाएको थियो ।
खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । आजको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।