उपत्यकाका सिडिओहरुको बैठक बस्दै, जोरबिजोर प्रणाली तत्काल नहट्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १४ माघ

काठमाडौं, १४ माघ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमण बढ्न थालेपछि काठमाडौंमा जारी गरिएको सवारी साधनमा जोरबिजोर प्रणाली अझै केही समय कायम हुने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा गत ७ माघमा सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो । तर, सवारी साधनमा जोरबिजोर प्रमालीले भीडभाडका साथै यात्रुलाई समस्या भएको भन्दै आलोचना भइरहेको छ ।

तर, उपत्यकामा जारी जोरबिजोर प्रणाली तत्काल नहट्ने काठमाडौं उपत्यकामा जिल्ला अधिकारीहरु संकेत दिएका छन् । आज कोरोना संक्रमण निजयन्त्रबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

आज मध्यान्ह बस्ने बैठकले जोरबिजोर प्रणालीलाई कसरी व्यवस्थित गर्नेबारे छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताएका छन् । उनका अनुसार तत्काल जोरबिजोर प्रणाली हट्ने छैन ।

उनले भने, ‘अहिले तत्काल जोरबिजोर हटाउने निर्णय गर्दैनौँ । व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको फिडव्याक लिएर निर्णय गर्नेछौँ ।’

साथै, उपत्यकामा विद्यालयहरुले सञ्चालनको अनुमति दिनका लागि स्थानीय प्रशासनलाई दबाव दिएका छन् । रात्रिकालीन व्यवसाय गर्नेहरुले पनि व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । आजको बैठकमा सोबारे पनि छलफल हुने भएको छ ।

प्रतिक्रिया