थप १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
प्रकाशित:
२०७८, ११ माघ
काठमाडौं, ११ माघ । देशभर थप १२ हजार ८ जनामा कोरोना को संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजारर १०३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा ४ हजार ८७५, ललितपुरमा ७८२ तथा भक्तपुरमा ५१५ जना सङ्क्रमित थपिएका हुन् ।
प्रतिक्रिया