नेपाली विद्यार्थीले अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

काठमाडौं, ५ माघ । अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने भएका छन् ।
पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए ।

बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ ।

यस्तै, अस्ट्रेलिया सरकारले तत्कालै यहाँ आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने भएको छ ।

प्रधानमन्त्री मोरिसनले आगामी आठ साताभित्र अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरुले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन् ।

वर्किंङ होलिडे भिसा अन्तर्गत आउनेलाई आगामी तीन महिनाभित्र अष्ट्रेलिया आएमा उनीहरूको पनि भिसा शुल्क फिर्ता गरिने बताए । यस नयाँ घोषणामार्फत करिब ५५ मिलियन डलर खर्च हुने सरकारले अनुमान गरेको छ । यो कार्यक्रम अष्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थी र २३ हजार वर्कीङ होलिडे भिसामा आउनेलाई लक्षित गरिएको छ ।

राजदूत भोल्कमार्फत गरिएको आग्रह एकहप्तामै कार्यान्वयनमा आएकोमा गृहमन्त्री खाणले अस्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया